राष्ट्र उत्थान लघुवित्त आइपीओको नतिजा सार्वजनिक, यसरी हेर्न सकिने
काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिहिबार दिउँसो बाँडफाड सम्पन्न भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
नतिजा भने केहीसमयपछि हेर्न पाईने कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । नतिजा प्रकाशन भएपछि आईपीओको नतिजा विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । जसअनुसार बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट https://www.niblcapital.com/ , सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ , कम्पनीको आधिकारीक वेवसाईट https://www.rulbsl.com/ हेर्न सकिने छ ।
मेरो शेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । आज साँझसम्ममा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ । कम्पनीले गत फागुन ४ देखि आइपीओ निष्कासन गरेको थियो ।



