एमसीसीको विरोध गर्ने दल सरकारमा बस्न मिल्दैनः बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका संघीय परिष्द अध्यक्ष डा. बाबुराम भट्टराइले एमसीसीको विरोध गर्ने सत्तारुढ दललाई सरकारबाट बाहिरिन चेतावनी भिएका छन् । सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत् एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका हुन् ।
‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धनरसरकारमा बस्न मिल्दैन’, डा. भट्टराईले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन् ।
सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुन नहुने उनले बताएका छन् । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु भएको भट्टराईको भनाइ छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जसपा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको विरोध गरिरहेका छन् ।

