राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजबाट खुल्यो
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आज (बुधबार) बाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ खुल्ला गरेको हो ।
कम्पनीले निष्कासन गर्ने आइपीओको ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र जारी पुँजी २६ करोडको ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ७ लाख ९५ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी फागुन ४ गतेदेखि आवेदन दिन पाउनेछन् ।
सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ गतेसम्म निष्काशन खुल्ला रहने कम्पनीले जनाएको छ ।



