आज नेप्से परिसूचक ५३ अंकले बढ्यो
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा केही सुधार आएको छ । सोमबार झिनो अंकले सुधार आएको शेयर बजार आज ५३ दशमलव १० अंकले बढेको हो । यसअघि सोमबार दिन शुन्य दशमलव ०८ अंकले बढेको शेयर बजार आज ५३ अंक अर्थात् १.९७ प्रतिशतले बढेर २ हजार ७५४.२८ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा रहेका १३ उपसूचकमा नै हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा समूहको १८७ रुपैयाँ र हाइड्रोपावर समूहको १३८ रुपैयाँ १२ पैसाले बृद्धि भएको छ ।



