राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जरी गर्दै सो कुराको जानकारी गराएको हो । बैठकले सोमबार दिउँसो ३ बजे ९१ दिनका लागि र १८२ दिनका लागि गरी कुल ८ सय करोड अर्थात् ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको जनाएको छ ।
बैंकका अनुसार कुल ८ अर्बमध्ये, ९१ दिनका लागि २ अर्ब र १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ । इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, व्यवसायिक संस्था तथा व्यक्तिगत लगानीकर्ताले रित पुर्याएर आवेदन दिन सक्नेछन् । ट्रेजरी बिल भने आगामी फागुन ३ गते मंगलबार सार्वजनिक गरिनेछ । बैठकले खुल्ला प्रतिस्पर्धात्मक प्रणालीमा बिल बिक्री गरिने भएपनि कुल रकमको ८५ प्रतिशत प्रतिस्पर्धाबाटै र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बिक्री गरिने जनाएको छ ।