प्रतिनिधिसभा बैठक पुनः स्थगित

तु खबर संवाददाता
२०७८ माघ २६, बुधबार ०८:२६
file-photo

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ । सरकारको आग्रहमा बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको हो । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको बैठक आगामी फागुनको पहिलो हप्ता बस्ने गरी स्थगित भएको हो ।

संसद् सचिवालय स्रोतका अनुसार बैठक आगामी फागुन २ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । एमसीसी संसद्बाट अनुमोदन गर्नका लागि अमेरिकाले दिएको डेडलाइन सकिन लाग्दा सरकार त्यसलाई संसद्बाट पारित गर्न दबाबमा रहेको छ । तर, सत्तारुढ दलमा नै एमसीसी पारित गर्ने विषयमा मतभेद हुँदा एमसीसी सम्झौता थप गिजोलिएको छ । यसअघि माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक अन्तिम समयमा आएर १० दिनको लाथि स्थगित भएको थियो ।