खल्ती फोनपेको नेटवर्कमा आवद्ध, खल्तीका ग्राहकले फोनपेको क्यूआरबाट भुक्तानी गर्न सक्ने
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पे र खल्तीबीच सहकार्य हुने भएको छ । फोनपे नेपालको अग्रणी भुक्तानी सञ्चालक हो भने खल्ती पछिल्लो समय डिजिटल कारोबारलाई तीव्रता दिइरहेको कम्पनीको रुपमा पचिचित रहेको छ ।
आज सोमबार फोनपेका नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेसँगै अब फोनपेको नेटवर्कमा खल्ती आवद्ध भएको छ । अबदेखि खल्तीका प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । आफूहरूबीचको सहकार्यलाई दुवै कम्पनीले डिजिटल कारोबारमा ठूलो उपलब्धीका रूपमा लिएको बताएका छन् ।



