मकवानपुरको विभिन्न स्थानमा ४ घण्टा विद्युत आपूर्ति बन्द
मकवानपुर । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आज (सोमबार) र मंगलबार दुई दिन मकवानपुरको विभिन्न स्थानमा ४ घण्टा विद्युत आपुर्ति बन्द हुने जनाएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गरी सो कुराको जानकारी गराएको हो ।
प्राधिकरणले धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजना (मदन भण्डारी लोकमार्ग) को अधिकार क्षेत्राधिकार भित्र पर्ने विद्युतीय पोल/तार सार्ने वा अध्यावधिक गर्ने कार्यको लागि आज र भोलि ४ घण्टा विद्युत आपूर्ति बन्द गर्ने जनाएको छ । प्राधिकरणका अनुसार, हेटौंडा–६ हात्तीलेट गौरीटार, रंगशाला, हेटौंडा–१६ हटिया चिसापानीदेखि राईगाउँसम्म पर्ने गाम्रीण फिडर र रंगशाला फिडरमा आज र भोलि बिहान ८ बजेदेखि १२ बजेसम्म ४ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको हो ।
