देउवाको प्रस्ताव: तत्काल स्थानीय तह निर्वाचन गरौँ

तु खबर संवाददाता
२०७८ माघ १५, शनिबार १४:२८
file-photo

काठमाडौँ । सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन नगरी स्थानीय तहको निर्वाचन चाँडै गर्न गठबन्धन बैठकमा प्रस्ताव राखेका छन् । स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

तर सत्तारुढ पाँच दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेका थिए । नेताहरुका अनुसार तीनै तह (स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा) को निर्वाचन फागुन २०७९ मा गर्ने मोटामोटी सहमति जुटेको थियो ।