दिनहुँ अनुगमनमा स्वास्थ्यमन्त्री लामा

तु खबर संवाददाता
२०७८ माघ १४, शुक्रबार ०९:०५

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले कोरोना भाइरसको संक्रमण न्यूनिकरणको लागि खोप कार्यक्रम प्रभावकारी भए नभएकोबारे जानकारी लिन दिनहुँ अनुगमन गरिरहेका छन् । विहिबार उनले हेटौंडा–१० बसपार्कमा संचालित खोप अभियानको अनुगमन गरेका छन् । पुरानो नारायणी यातायात प्रालि तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा–१० बसपार्कमा रहेको सामुदायिक प्रहरी सेवा उप–केन्द्रमा संचालन भइरहेको कोरोना विरुद्धको खोप अभियानको उनले विहिबार अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा स्वास्थ्य मन्त्री लामाले सामुदायिक प्रहरी सेवा उप–केन्द्रमा संचालित खोप अभियानको प्रशंसा गरेका छन् । उनले राजमार्ग भएर चल्ने सवारी चालक तथा सहचालकलाई विशेष प्राथमिकता दिएर संचालित खोप अभियानले निन्तरता पाउने बताए । मन्त्री लामाले बागमती प्रदेश भित्र रहेका सबै जिल्लाको स्थानीय तहमा पुगेर खोप अभियान सञ्चालनमा बागमती प्रदेश सरकार पछि नहट्ने बताए ।

सेवा उप केन्द्र अध्यक्ष प्रदीप कंडेलले जारी खोप अभियानको बारेमा अवगत गराएका थिए। मन्त्री लामाले कोरोना खोप लगाउने लाइनमा बसेका सेवाग्राहीलाई निर्धक्क भएर भएर खोप लगाउन अनुरोध गरेका थिए । सेवा उप केन्द्रमा दैनिक सरदर ४०० जनाले कोरोना विरुद्ध खोप लगाइरहेका छन् ।

त्यस्तै विहिबार नै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई ५१ लाख बरारबको स्वास्थ्य सामाग्रीय सहयोग प्राप्त भएको छ । अस्पतलालाई संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ वटा भेन्टिलेटर, १० वटा वेड साइड लकर र दुईवटा मनिटर गरी ५१ लख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

बिहिबार एक कार्यक्रमबीच बागमती प्रदेश स्वास्थ्य मन्त्री लामाले अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा. रामचन्द्र सापकोटालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य साम्रगी हस्तातरण गर्दै मन्त्री लामाले हेटौंडा अस्पतालाई जिल्लाको अस्पताल मात्र नभएर प्रदेशकै सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न आफु तत्पर रहेको बताए ।