लुम्बिनी प्रदेशमा १४ प्रतिशतले बढ्यो जनसंख्या

तु खबर संवाददाता
२०७८ माघ १२, बुधबार १०:४८

काठमाडौँ । लुम्बिनी प्रदेशमा जनसंख्याको वृद्धिदर सबैभन्दा बढी १४ प्रतिशतले बढेको छ । केन्द्रीय तथ्याङ्क विभागकाले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा लुम्बिनी प्रदेशको जनसंख्या वृद्धितर सबैभन्दा बढि भएको उल्लेख भएको हो । यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ । अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

२०७८ मा सम्पन्न जनगणना अनुसार नेपालको कूल जनसंख्या भने २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।