कतिमा कारोबार हुँदैछ आज नेपाली बजारमा सुनचाँदी ?
काठमाडौं । आज साताको तेस्रो दिन बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपालमा सुनचाँदी महासंघका अनुसार, सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुन प्रसततोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि सोमबार तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।
