आज नेप्से परिसूचक १० अंकले घट्यो

तु खबर संवाददाता
२०७८ माघ ९, आईतवार १५:४१

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ९२० दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज ४६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज देशभरका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मुल्य १५ सय १३ रुपैयाँ कायम भएको छ ।