आज सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजार आज सुनको भाउ बढेको छ । आज सुन सोमबारको तुलनामा एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन प्रतिताला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।