भगवती हाइड्रोपावरको आइपीओ खुल्दै

तु खबर संवाददाता
२०७८ पुष २०,मंगलवार १०:३७
file-photo

मकवानपुर । भगवती हाइड्रोपावरको डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ जारी गर्नका लागि कम्पनीले प्रक्रिया अघि बढाइसकेको छ । साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको जनाइएको छ ।

कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका १४ लाख ३० हजार १६२ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे र सिद्धार्थ क्यापिटलका चन्दन कार्कीले हस्ताक्षर गरेका छन् ।