शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ देखि हेटौंडामा
काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ गतेबाट २६ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा गर्दै आईरहेको मुख्य ठूलो ६ गोल्डकप फुटबल प्रतियोगिताहरुको मिति सार्वजनिक गरेसंगै हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ गतेबाट २६ गतेसम्म हुने भएको हो ।
यसैगरी एन्फाले सार्वजनिक गरेको मितिमा माघ ६ देखि १५ गतेसम्म पोखरामा आहा रारा गोल्डकप, फागुन १४ देखि २१ सम्म बुटवलको तिलोत्तमा गोल्डकप, सोही मितिमा इटहरी गोल्डकप, फागुन १९ देखि २८ सम्म पोखरा गोल्डकप र फागुन २६ देखि चैत्र ५ गतेसम्म सिमरा गोल्डकप हुने भएको हो ।

