आज ७१ अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०७८ पुष ११, आईतवार १५:४०
file-photo

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ७१ दशमलव २० अंक अर्थात शुन्य दशमलव ८२ प्रतिशतले बढेर २ हजार ५९१ दशमलव ४२ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड माथिको कारोबार हुन पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज २ उपसूचक बाहेकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा र निर्जीबन बीमा समूहमा ९.७८ अंक र ८.१७ अंकले बृद्धि भएको छ । साथै आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन ३२ करोडमाथिको कारोबार हुन पुगेको छ ।

त्यस्तै, आइतबार ३० वटा बिमा कम्पनीहरुको शेयर मूल्य सर्किट लेभलमा नै कारोबार भएको छ । सबैभन्दा धेरै शेयर मूल्य बढ्नेमा नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्यारेन्स, प्रुडेन्सीयल इन्स्यारेन्स लगायतका कम्पनीहरुको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।