पुनः संचालनमा आयो सुर्खेत विमानस्थल
सुर्खेत । करिब एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल पुनः संचालनमा आएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो । धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो । यसबीचमा हेलिकप्टर मात्र अवतरण र उडान हुने व्यवस्था मिलाइएकोमा अब जहाज अवतरण र उडानसमेत हुने भएको छ।
सोमबारदेखि बायु सेवा कम्पनीहरूले जहाजको टिकट बिक्री खुला गरेका थिए । सुर्खेत–काठमाडौं सिधा हवाई उडान गर्ने बुद्ध एअरले पनि आजदेखि नै नियमित सुर्खेतको उडान गरेको छ । यसबीचमा बुद्धले सुर्खेतको विकल्पमा नेपालगन्जमा एउटा उडान थपेको थियो ।
