सुनको मूल्यमा गिरावट

तु खबर संवाददाता
२०७८ पुष ६, मंगलवार १३:०३
file photo

काठमाडौँ । मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावल सुनको मूल्य तालोमा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावल सुनको प्रतितोला मूल्य ९३ हजार ८ सय रुपैयाँ थियो । मंगलबार तेजावी सुनको मूल्‍य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै सोमबार तोलामा एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य मंगलबार (आज) घटेर एक हजार २ सय ३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।