आज एकैदिन एक हजार रुपैयाँले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

तु खबर संवाददाता
२०७८ पुष २, शुक्रबार १४:५१
file-photo

काठमाडौं । शुक्रबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहिबारको तुलनामा शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेकोहो । भाउ बढेसँगै आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

जुन अघिल्लो दिनको तुलानामा एक हजार रुपैयाँले बढी हो । महासंघका अनुसार, आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा तोकेको छ । बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । पुस लागेयताको दुई दिनमा मात्रै सुनको भाउ तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।