क्षेत्र नम्वर २ (ख) को निर्वाचन सकियो, मतगणना सुरु

तु खबर संवाददाता
२०७८ मंसिर ३, शुक्रबार १८:०८

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरी मतगणना सुरु भएको मतदान अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन् । बसामाडी जेसीजको भवनमा अधिवेशन भएको हो ।
सभापति पदका उम्मेदवार रन्जन कालाखेती र रामकृष्ण प्रजा प्यानलबीच मतदान भएको थियो । मतदान अधिकृत न्यौपानेका अनुसार १ घण्टा भित्रमा निर्वाचनको परिणाम आइसक्ने छ ।

यसअघि मकवानपुर कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेश सभा (क) मा सभापति पदमा सुशान्तकुमार श्रेष्ठ निर्विरोध चयन भइसकेका छन् । सभापतिमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सचिव पदमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन् ।

सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका हुन् । सदस्य खुला महिला तर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी निर्विरोध भएका छन् । अन्य पदमा भने अरुको पनि उम्मेदवारी दर्ता भएकोले निर्वाचन गरिएको प्रमुख निर्वाचन अधिकृत गणेशप्रसाद हुमागाईले जानकारी दिए ।

अधिवेशनले ४ वटै निर्वाचन क्षेत्रबाट सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ जन ाचयन गर्नेछ । त्यस्तै खुल्ला, महिला, समावेशी, दलित आदीवासीसमेतबाट जम्मा १८ जना सदस्य चयन हुनेछन् । निर्वाचित सदस्यबाट कार्यसमितिले कोषाध्यक्ष मनोनयन गर्ने जनाइएको छ ।