प्रचण्डद्वारा सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास व्यक्त

तु खबर संवाददाता
२०७८ मंसिर १, बुधबार १३:१५
file-photo

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै सर्वोच्च अदालतमा देखिएको विवादको समाधान हुने विश्वास व्यक्त गरेका छन् । अदालतमा देखापरेको विवादबारे ध्यानाकर्षण भएको बताउँदै उनले सो समस्या चाँडै समाधान होस् भन्ने अपेक्षा राखेको बताए ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै उनले अदालतको समस्या समाधानका निम्ति सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने आशा व्यक्त गरे । ‘हामी अदालतबाटै एक-दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौं’ उनले भने ।