हेटौंडामा फेला परेको शवको अझै पहिचान खुल्ल सकेन, प्रहरीद्वारा फोटो सार्वजनिक

तु खबर संवाददाता
२०७८ कार्तिक ३०, मंगलवार १५:५९

मकवानपुर । मकपानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टि क्याम्पस ) नजिकै सोमबार फेला परेको शवको पहिचान खुल्न नसकेपछि मकवानपुर प्रहरीले फोटो सार्वजनिक गरेको छ । सोमबार साँझ उक्त स्थानमा फेला परेको एक पुरुषको शवको पहिचान हुन नसकेपछि फोटो सर्वाजनिक गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

फरेष्टी स्थित बाटो छेउ झाडीमा उत्तानो परेको अवस्थामा फेला परेको उक्त शव हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले मृत अवस्थामा फेला परेको ती पुरुषको शवको फोटो सार्वजनिक गर्दै कसैले चिनेको भए पैसा नलाग्ने नम्बर १००, नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोबाइल नम्बर ९८५५०९०१५० मा सम्पर्क गर्न आग्रह गरेको छ ।

पुरुषको हुलिया : मंगोलियन जस्तो देखिने, गहुँगोरो वर्ण, कपाल छोटो कालो, जुगाँ र हल्का दाह्री भएको, अं. ५ फिट ४ ईन्च उचाई भएको, निलो, खैरो, रातो हुकको छातीमा एडिडास लेखेको, कालो कपडाको पाईन्ट, अगाडी प्रिन्टेट भएको कालो रङको टिसर्ट र बेल्ट लगाएको, नाम थर वतन नखुलेको अन्दाजी ३५ वर्षको जस्तो देखिने ।