अघिल्लो वर्षको तुलनामा एक अर्बले बढ्यो टेलिकमको आम्दानी

तु खबर संवाददाता
२०७८ कार्तिक ३०, मंगलवार १५:२३

काठमाडौं । नेपाल देलिकमको आम्दानी रकम बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ को पहिलो त्रैमासको तुलनामा आय १ अर्ब १३ करोड रपैयाँले बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा टेलिकमले ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा ९ अर्ब ७७ करोड रुपैयाँमा पुगेको हो ।

यस्तै, कम्पनीको गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब १० करोड कुल आय थियो । जुन, ८४ करोडले बढेर यो वर्षको पहिलो त्रैमासमा १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यसका साथै, यस अवधिमा कम्पनीको खुद मुनाफा ७४ करोडले बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड मुनाफा आर्जन गरेको कम्पनीले यस वर्ष २ अर्ब २५ करोड मुनाफा आर्जन गरेको छ ।