वाइसिएलको बागमतीमा पालिकास्तरीय प्रशिक्षण सम्पन्न

तु खबर संवाददाता
२०७८ कार्तिक २८, आईतवार १८:१८

मकवानपुर । नेकपा माओवादी केन्द्रनिकट सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल बागमती गाउँपालिका कमिटीको आयोजनामा शानिबार झुरझुरेमा पालिकास्तरीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको छ । जिल्ला सचिवालय सदस्य तथा माओवादी केन्द्र मकवानपुरको प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बागमती गाउँपलिका वाइसीएल कमिटी सचिव दर्शन पाख्रिनले सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रचार विभाग प्रमुख पाख्रिनले माओवादी आन्दोलनबाट प्राप्त जनअधिकारको रक्षाका लागि वाइसीएल नेपाल बुलेट (प्रुफ) भइ उभिनु पर्ने, जनताका शत्रुहरुले गरेको षड्यन्त्र र भ्रमलाई परास्त गर्न गाउँ गाउँबाट वाइसीएल नेपाल जाग्नुपर्ने उल्लेख गरे । वाइसीएल नेपाल बस्ती–बस्तीबाट संगठित भइ सामाजिक काममा स्वयंसेवकको भूमिकामा लाग्नुपर्ने, माओवादी देशकै ठूलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने र इमान्दारीपूर्वक जनपक्षीय काम गर्ने पार्टी माओवादी भएको उनले बताएका छन् । कार्यक्रम वाइसीएल नेपाल बागमती गाउँपलिका अध्यक्ष मुक्ती लामाको अध्यक्षतामा भएको हो ।