बीउ व्यवसायी संघ र औषधि व्यवसायीको संघको अधिवेशन सम्पन्न

मकवानपुर । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । हेटौंडामा शनिबार भएको अधिवेशनमा वक्ताहरुले बीउ बिजन देशको अर्थतन्त्रसँग जोडिएको विषय भएको बताउँदै नेपाल आफै बीउ बिजनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बीउ व्यवसायी संघका केन्द्रीय सचिव विश्वराज बानियाँले पछिल्लो समय नेपालमा बीउ बिजन उत्पादन गर्ने क्रम बढेको बताउँदै अझै आत्मनिर्भर नबनेको र आयात गर्दा विविध समस्या झेल्नुपर्ने अवस्था रहेको बताए । उनले स्थानीय तहमा कृषिसम्बन्धी प्रविधिकको अभावमा बीउबिजन र विषादी व्यवसायीहरुले कृषकको समस्या समाधानमा सहजीकरण गर्दै आएको बताए ।
संघका जिल्ला अध्यक्ष माधवप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघको बागमती प्रदेशका उपाध्यक्ष हरिशरण अर्याल, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्ष राममणि दाहाल, बीउ व्यवसायी संघ मकवानपुरका सचिव रमेश अर्याल, सदस्य फेन्चु लामा र सुदर्शन विष्टले बोल्नुभएको थियो ।
संघको चौथो अधिवेशनले रमेश अर्यालको अध्यक्षतामा दुई वर्षका लागि नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा कृष्णकाजी प्रधान, सचिव फेन्चु लामा, कोषाध्यक्षमा कृष्ण खतिवडा तथा सदस्यहरुमा सुजन अधिकारी, पुरुषोत्तम विष्ट, अनिता अधिकारी, निराजन बर्तौला र नेत्र केसी निर्वाचित भएका छन् ।
यस्तै, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मकवानपुरको चौथो वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनबाट आगामी दुई वर्षका लागि हरिशरण अर्याल पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा सुभाष मल्ल, सचिवमा शम्भुप्रसाद गुप्ता, सहसचिवमा प्रकाश अधिकारी र कोषाध्यक्षमा डा. प्रदीप लामालाई निर्वाचित गरेको छ । यस्तै, सदस्यहरुमा विष्णु अधिकारी, कृष्णकाजी प्रधान, केशवप्रसाद दुलाल, मदन न्यौपाने र गणेश खड्का निर्वाचित भएका छन् ।
यसअघि पशुपंक्षी औषधि व्यवसायी संघ मकवानपुरको चौथो वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष भुपेन्द्रप्रसाद गौतमले पशुपंक्षीको औषधिआयातमा समस्या रहेको बताउँदै गुणस्तरीय औषधि आपूर्ति आवश्यक भएको बताए । संघका अध्यक्ष हरिशरण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, पशुपंक्षी औषधि व्यवसायी संघका केन्द्रीय सदस्य दिनेश कट्टेल, संघका बागमती प्रदेशका निवर्तनमा अध्यक्ष विश्वराज बानियाँ, संघको चितवन शाखाका कोषाध्यक्ष बरदान कँडेल र रमेश अर्यालले बाएका थिए ।