रौतहटबाट पक्राउ परे मकवानपुरका दुई युवक

रौतहट । रौतहट प्रहरीले अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौर नगरपालिका वडा नम्वर ४ गढवा टोलस्थित गौ–चपुर सडकखण्डबाट १८६ किलो लागूऔषध गाँजासहित मकवानपुरका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको थाहा नगरपालिका–१२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँ बस्ने १९ वर्षीय रित्तम तामाङ रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । शुक्रबार बिहान सोही स्थानमा रोकी राखेको ना.६ ख ५९४३ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उक्त परिणामको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।