ह्याकर पत्ता लगाउनेलाई अमेरिकी सरकारले १ करोड डलर दिने

तु खबर संवाददाता
२०७८ कार्तिक २६,शुक्रबार १४:४७
file-photo

काठमाडौँ । अमेरिकी सरकारले ह्याकर पत्ता लगाउनेलाई एक करोड अमेरिकी डलर पुरस्कार स्वरुप दिने घोषणा गरेको छ । डार्कसाइड र्यानसमवेयरको कुनै पनि क्षेत्रको नेतृत्व गरिरहेको व्यक्ति अथवा उसका बारेमा कुनै पनि जानकारी दिने व्यक्तिका लागि अमेरिकी सरकारले यस्तो पुरुस्कारको घोषणा गरेको हो ।

त्यस्तै यससँग सम्बन्धित व्यक्तिको कुनै देशमा गिरफ्तारी वा दोषी ठहरिने जानकारी दिए अमेरिकाले ५० लाख डलर दिने बताएको त्यहाँका संचारमाध्ययमहरुले उल्लेख गरेका छन् । अमेरिकी निकायले अक्टोबर महिनामा सार्वजनिक गरेको एक रिपोर्टका अनुसार २०२१ को पहिलो छ महिनामा मात्र ५९० मिलियन अमेरिकी डलर्र यानसमवेयर आक्रमणका कारण खर्च गरेको छ । पछिल्लोे समय साइबर आक्रमण बढिरहेको अवस्थामा अमेरिकाले ह्याकर पत्ता लगाउनेलाई पुरस्कारको व्यवस्था गरेको हो ।