एमाले मकवानपुरद्वारा प्रतिनिधी छनौट गर्न निर्वाचन कमिटी गठन

तु खबर संवाददाता
२०७८ कार्तिक २४, बुधबार ०९:१२
file-photo

मकवानपुर । नेकपा एमाले मकवानपुरले चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधी छान्न निर्वाचन कमिटी बनाएको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनमा लोकतान्त्रिक विधीबाट प्रतिनिधी छनौट गर्न दुई निर्वाचन क्षेत्र र दलीत तर्फ छुट्टाछुट्टै निर्वाचन कमिटी बनाईएको हो ।

निर्वाचन क्षेत्र नम्बर २ का लागि एमाले केन्द्रीय सदस्य मुकुन्द अधिकारी प्रमुख निर्वाचन अधिकृत रहनेगरी तीन सदस्यीय निर्वाचन कमिटी गठन भएको छ । १ नम्वर निर्वाचन क्षेत्रबाट प्रतिनिधी छनौटका लागि देवराज रिमाल प्रमुख निर्वाचन अधिकृत रहनेगरी ४ सदस्यीय निर्वाचन कमिटी गठन भएको हो । यस्तै दलीत तर्फ प्रतिनिधी छनौटका लागि इन्द्र नेपाल प्रमुख निर्वाचन अधिकृत रहने गरी तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ ।

निर्वाचन कमिटीले कार्तिक २५ गतेबाट निर्वाचन प्रकृया सुरु गर्ने बताइएको छ । यही कात्तिक २५ गते विहान ११ः३० देखि १२ः३० बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुने एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले बताए । कार्तिक २६ गते विहान १० बजेसम्म उम्मेदवारी फिर्ता लिन समय निर्धारण भएको छ । सर्वसम्मत रुपमा प्रतिनिधी छनौट हुन नसके कार्तिक २७ गते १० बजेदेखि ३ बजेसम्म मतदान प्रकृयाबाट प्रतिनिधी छानिने लम्सालले जानकारी दिए ।

अहिले प्रतिनिधिका लागि मकवानपुर जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ वाट अनन्त पौडेल, रामचन्द्र राई , कृष्ण प्रसाद दहाल, रघुनाथ खुलाल, बद्रि लम्साल, कमल बिष्ट, गोपाल श्रष्ठ, ध्रुबप्रसाद चौलागाई, फुर्वा लामालगायतका नेताहरु प्रतिनिधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट एकलाल श्रेष्ठ, महेश बर्तौला, एकराज उप्रेती , सवासचन्द्र ठकुरी, हिदम लामा, बिष्णुप्रसाद ढकाल, उत्तम न्यौपानेलगायतका नेताहरु प्रतिनिधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

जिल्लाको प्रतिनिधिसभा विाएचन क्षेत्र नम्वर १ मा रिमालसँगै नविन सिग्देल र एम सिलवाल सदस्य रहनेछन् भने क्षेत्र नम्वर २ मा अधिकारीसँगै ऋषी केवी, बालकृष्ण अधिकारी सदस्य रहनेछन् । यस्तै, दलिय क्षेत्रमा नेपालसँगै तुलसी रिजाल र प्रमिला केसी सदस्य रहनेछन् ।