यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तै, बिहीबार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तै शुक्रबार देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
चक्कु प्रहार गरी हया
कैलाली । कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । दुई समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान जारी रहेको उनले बताए ।