मन्त्री खतिवडाद्वारा समवेदना प्रकट

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगर कमिटी सचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य गिरिजा अधिकारीको निधनमा समवेदना प्रकट गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्यसमेत रहेका उनले एक शोक शन्देश जारी गर्दै समवेदना प्रकट गरेका हुन् ।
अठ्ठाइस वर्षीय अधिकारीको सोमबार करेन्ट लागेर हेटौँडामा निधन भएको थियो । मकवानपुर जिल्लाबाट राम्रो सम्भावना बोकेर समाजवादी आन्दोलनमा होमिएका एक सशक्त युवाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको शन्देशमा उल्लेख गरिएको छ । अधिकारीलाई सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ राजदेवीमा बाटो खन्ने क्रममा तार पन्छाउने क्रममा करेन्ट लागेको थियो । अधिकारीलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारको क्रममा सोमबार नै मृत्यु भएको अस्पतालमा मेसु रामचन्द्र सापकोटाले पुष्टि गरे । अधिकारीको बुवा आमा, एक जना दाई र दुई जना दिदीबहिनीहरु छन् ।