हेटौंडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालक पुडासैनीको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ निवासी २० बर्षीय सुसान्त पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।
उनका अनुसार मकवानपुरको मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नम्वरको मोटरसाइकललाई ना ७ ख ८८१ नम्वरको लहरी ट्रकले आज बिहान साढे ६ बजेको समयमा ठक्कर दिएपछि दुर्घटना भएको थियो । पुडासैनीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रकका चालक लमजुङ घर भएका बर्ष ४९ को पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।