हेटौंडामा बसको ठक्करबाट विष्ट र ठकुरीको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक २१, आईतवार ०८:२१

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१९ नेवारपानीमा शनिवार यात्रुबाहक बसले देउसी भैलो खेल्न हिँडिरहेका यात्रुलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्य हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानी निवासी २० बर्षका सुरज विष्ट र चितवन पिप्लेका ३४ बर्षका प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

रौतहटको गौरबाट हेटौंडा हुँदै नारायणगढतर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी भैलो खेल्न हिडेका पैदल यात्रुलाई ठक्कर दिएको थियो । त्यस्तै बसको ठक्करबाट अन्य ४ जना संगम नेपाली, निशा मोक्तान, तुलसा बिष्ट र लक्ष्मी गुरुङ् घाईते भएको र उनीहरुको हेटौडा तथा भरतपुर अस्पतालमा उपचार प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । आगजनीबाट बस पुर्ण रूपमा जलेर नष्ट भएको छ । घटनापछि बसका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।