हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर । हेटौंडामा शुक्रबार सवारी दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बस र मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ वन कार्यालयको ढाट नजिक दुर्घटना भएको थियो ।
नारायणघाटबाट वीरगंजतर्फ जादै गरेको ना ८ ख १२४८ नम्वरको बसमा विपरित दिशाबाट आउँदै गरेको बा ७८ प ९९३३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा मोटरसाइकल चालक र मोटरसाईकलमा सवार एक जना गरी २ जना घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको र एक जना घाईते भई उपचाररत रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट फतुवा विजयपुर नगरपालिका ११ हिमालीबास बस्ने अन्दाजी २४ वर्षीय रोशन श्रेष्ठ चालक रहेको मोटरसाईकलमा पछाडी सवार घाईते २१ वर्षीय सचिन शाहले बताएको प्रहरीले जनाएको छ । श्रेष्ठको राति उपचारको क्रमममा हेटौंडा अस्पतालमा मृत्यु भएको र घाईते शाहको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।