आज बिहानै सीता एयरको जहाज दुर्घटनामा

काठमाडौं । सीता एयरको जहाज आज (मंगलबार) बिहानैदुर्घटनामा परेको छ । उक्त जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो । बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको विमानस्थल स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको हो । दुर्घटनामा परेर मानवीय क्षति भएको छैन । १४ यात्रु र कार्गो बोकेको सो जहाजको अगाडिको टायर भन्दा माथिल्लो भागमा प्वाल परेको छ । सबै यात्रु र चालक दलका सदस्यहरु भने सकुशल छन् । धावनमार्गबाट जहाज हटाएर विमानस्थल संचालनको तयारी भइरहेको जनाइएको छ ।