सुनको मुल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपालमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९२ हजार कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको थियो ।
त्यस्तै चाँदी प्रतितोला रु एक हजार २५० मा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५०मा नै कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।