पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

तु खबर संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १५:३२

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रसाद तथा चियापान कार्यक्रम आज (शुक्रबार) समपन्न भएको हो ।

कार्यक्रम पत्रकार महासंघ मकवानपुरका अध्यक्ष् मणिराज गौतमको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर प्रमुख महतले मकवानपुरका पत्रकारको संस्थागत विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए । मकवानपुरका एक सय ६४ जना पत्रकारको पाँच लाख रुपैयाँका दरले दुर्घटना बिमा गर्नका लागि कार्यपालिकाबाट निर्णय गरिसकिएको र पत्रकार पेन्सन कोषमा पनि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भइसकेको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु क्रमशः नबराज शर्मा, कौषल पाण्डे, प्रताप विष्ठ, राममणि दाहाल, भानुभक्त आचार्य, निवर्तमान अध्यक्ष हरि हुमागाई लगायतकाको आतिथ्यता रहेको थियो ।