माओवादी हेटौंडा–१ को अध्यक्षमा राजथला, ११ मा आचार्य

तु खबर संवाददाता
२०७८ आश्विन १७, आईतवार ०८:११

मकवानपुर । नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को अध्यक्षमा स्वस्ती राजथला चयन भएकी छन् । शनिबार भएको वडा सम्मेलनले अध्यक्षमा राजथलालाई चयन गरेको हो । यसैगरी, उपाध्यक्षमा रेवती प्रसाद दाहाल, सचिव संग्राम बल लामा, कोषाध्यक्ष धुर्व थापा, सहसचिव जंगे शिकारी चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा पदमलाल आचार्य, रामप्रसाद तिमल्सिना, सरोज पौडेल, एक्का थिङ, शान्ता अधिकारी, सान्नानी परियारसहित ३५ सदस्यीय नयाँ कमिटी चयन भएको छ । यस्तै, माओवादी हेटौंडा–११ को अध्यक्षमा करण किशोर आचार्य चयन भएका छन् । शनिबारै भएको सम्मेलनले अध्यक्षमा आचार्यलाई चयन गरेको हो ।

उपाध्यक्षमा देव थोकर, प्रमिला तिमल्सिना, सचिव सुबास बर्तौला, सहसचिव इन्दु लामा, कोषाध्यक्ष पिमिसरा दर्लामी मगर चयन भएका छन् । यसैगरी, सदस्यहरुमा बलराम विश्वकर्मा, गोकर्ण न्यौपाने, शालिकराम अधिकारी, कमल हटुवाल, टंकबहादुर गुरुङ, लक्ष्मि विकसहित ३५ सदस्यीय कमिटी चयन भएको छ ।

दुबै वडाको वडा सम्मेलन नेकपा माओवादीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा पार्टीका नेता प्रल्हाद लामिछाने, प्रदेश कमिटी सदस्य विरबहादुर घलान (ज्वाला), ललित घलान, हेटौंडा उपमहानगर कमिटी इन्चार्ज विवेक राई, अध्यक्ष तिर्थ थापा मगरसहितको उपस्थिति थियो ।