अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा निःशुल्क सिमकार्ड

तु खबर संवाददाता
२०७८ आश्विन १५, शुक्रबार ०९:२६

काठमाडौं । आज (शुक्रबार) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि मनाइँदै छ । यही दिवसको अवसरमा नेपाल टेलिकमले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सिमकार्ड निःशुल्क दिने भएको छ । उक्त निःशुल्क सिमकार्ड यही आगामी असोज २५ गतेसम्म मात्र पाइने जनाइएको छ ।

यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ । ४० मिनेटसम्म कुरा गर्ने, २० वटा एसएमएस पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा छ । तर, यी सबै सुविधा एक महिनाभित्र प्रयोग गरिसक्नुपनेए टेलिकमले जनाएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर हरेक वर्ष अक्टोबर एक तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । सन् २००१ देखि हरेक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ तय गरिएको छ ।