जीपको ठक्करबाट घाइते भएका राईको उपचारका क्रममा मृत्यु

काठमाडौँ । उदयपुरको बेलका नगरपालिका वडा नं ९ खारखोलामा जीपको ठक्करबाट घाइते भएका सोही नगरपालिकाका बासिन्दा ४० बर्षीय रामचन्द्र राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स४प ९१०५ नंको मोटरसाइकलमा सवार राईलाई ठक्कर दिएको थियो।
बलेरोको ठक्करबाट घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल लगिएको थियो। घाइते राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।चालक र बोलेरोलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले नियन्त्रणमा लिएको छ।