गुल्मीमा भेटिए पुतलीको प्रकोपका बिरामी

तु खबर संवाददाता
२०७८ आश्विन २, शनिबार १०:२१

काठमाडौँ । गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गएको भेटिएको छ । सेतो पुतलीको प्रकोपका कारण सापु रोगका बिरामी बढ्न थालेको आँखा उपचार केन्द्र गुल्मीले जनाएको छ । प्रकोपका कारण आँखामा जटिल समस्या देखिएका चार जना बिरामीलाई भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा रिफर गरिएको छ ।

बस्नेतले मालिका गाउँपालिकाका एक जना, गुल्मी दरबार गाउँपालिकाका एक जना र मुसिकोट नगरपालिकाका दुई जना बिरामी रिफर गरिएको जनाइएको छ ।
यस रोगबाट बच्न पुतलीबाट टाढा रहने, बालबालिकालाई जोगाउने, कोठाभित्र बत्ती बाल्दा ढोका भ्याल बन्द गरेर बाल्ने,सकभर समयमै खाना खाएर सुत्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । आँखामा समस्या आउनसाथ तत्कालै जाँच गराउनसमेत सुझाइएको छ ।