एमालेको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मको लागि स्थगित

तु खबर संवाददाता
२०७८ भाद्र २३, बुधबार १७:५५
file-photo

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गर्दै शुक्रबारका लागि बैठक आह्वान गरेका छन् ।

यसबीचमा सभामुख अग्नि सापकोटाले सहमति जुटाएर प्रतिनिधिसभा बैठक सहज ढंगले सञ्चालनको प्रयास गर्ने छन् ।

एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै बुधबार दुई पटकसम्म संसद अवरुद्ध पारेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी समेत गरेका थिए ।