कांग्रेस भीमफेदी–४ को सभापतिमा थापा

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार २०:४६
फोटोः कांग्रेस भीमफेदी गाउँपालिका–४ को वडा अधिवेशन ।

मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका वडा नम्वर ४ को सभापतिमा ओमबहादुर थापा (सरोज) निबिरोध चयन भएका छ्न ।

आज (आइतबार) भएको वडा अधिवेशनले थापाको अध्यक्षतामा २४ सदस्ययी कार्य समिति चयन गरेको हो ।

त्यस्तै, वडा समितिको उपसभापतिमा उमेश सुनुवार र सन्तबहादुर राना मगर, सचिवमा सञ्जय थापा घर्ती र सन्तोष चुनी मगर, सह–सचिवमा सृजना श्रेष्ठ र बिराजन थापा चयन भएका छन् ।

सदस्यहरुमध्येबाट एक जनालाई कोषाध्यक्ष चयन गरिने बताइएको छ ।

त्यस्तै, सदस्यहरुमा मानबहादुर मगर, केशब चुनी मगर, जीवन बोम्जन, बिजय आले मगर, कबिन राना, अनिता बिक, सुन्तली लामा, मिरा थापा, हरिराम दोङ्ग, जयराम पुलामी, सान्नानी थापा, उमा थापा मगर, सुजिता श्रेष्ठ, राजु सुनुवार लगायत चयन भएका छन् ।