राष्ट्रिय टिममा मकवानपुरका विष्ट र बल

तु खबर संवाददाता
२०७८ भाद्र १३,आईतवार ०८:३५

मकवानपुर । साफ च्याम्पियनसिप २०२१ को तयारीमा रहेको २५ सदस्यीय पुरुष खेलाडीमा मकवानपुरका २ खेलाडी पर्न सफल भएका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार साफ च्याम्पियनसिप खेल्ने खेलाडी छनौटमा मकवानपुरका अञ्जन विष्ट र सुनिल बल टिमममा पर्न सफल भएका हुन् ।

उनीहरुसँगै साफ च्याम्पियनसिपको तयारीमा रहेको २५ सदस्यीय टिममा पर्न सफल भएका हुन् ।

मुख्य प्रशिक्षक अलमुताइरीले मंगलबार ३ खेलाडीलाई बाहिर राख्दै २५ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपालले साफ च्याम्पियन तयारीमा भारतसँग २ वटा मैत्रीपूर्ण खेल खेल्नेछ । खेल सेप्टेम्बर १ र ५ मा दशरथ रंगशालामा हुनेछ ।