नवगठित लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय उद्घाटन

काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज बबरमहलमा पार्टी कार्यालय उद्घाटन भएको छ ।
बबरमहलमा महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठनदेखि नै कार्यालय सञ्चालन गरिरहेका थिए ।
जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा कायम गरेपनि ठाकुरले बबरमहलको कार्यालय छाडेका थिएनन् । अहिले लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि त्यसलाई विधिवत रुपमा सञ्चालनमा ल्याइएको हो ।
लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले पार्टी कार्यालय विधिवतरुपमा सुरुवात गरिएको जानकारी दिए ।
पार्टी कार्यालय उद्घाटन तथा झण्डतोलनमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत कार्यकारिणी समितिका सदस्यसहित अन्य नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।