बेलायतबाट एक लाखभन्दा बढी डोज खोप नेपाल आइपुग्यो
काठमाडौं । बेलायतले दिने भनिएको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको एक लाख ३० हजार एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।
नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिएकी हुन् ।
राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन यसअघि पनि भेन्टिलेटर, पीपीई लगायतका स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको बताइन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटमार्फत बेलायत सरकारको सौजन्यमा एक लाख ३० हजार डोज एस्ट्राजेनेका खोप प्राप्त भएको जानकारी गराएका छन्। ।
