आइतबार सुनको भाउ घट्यो, प्रतितोला कति ?

तु खबर संवाददाता
२०७८ भाद्र ६, आईतवार १२:५९

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।