नेपाली बजारमा आज सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतिताृ ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार तेजावी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको भाउ प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
