आज सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति पुग्यो ?

तु खबर संवाददाता
२०७८ श्रावण ३२, सोमबार १४:४१

काठमाडौं । आज साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुनको भाउ आज तोलामा ९० हजार १ रुपैयाँमा कारोबार भएको छ । हिजो आइतबार तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ ।