मकवानपुरमा आज ८९ जना कोरोनामुक्त, एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज थप ८९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ८९ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ६६ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका २ जना, मकवानपुरगढी गाउँपालिकाका ६ जना बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकका एक÷एक जना, मनहरी गाउँपालिकाका ७ जना र बकैया गाउँपालिकाका ५ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हनार ५ सय ७१ जना पुगेको छ ।
त्यस्तै, जिल्लामा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज ७२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार ३२ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ११ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकाका ३/३ जना र बकैयाका २ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म १४ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी जिल्लामा हालसम्म कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५५ जना पुगको छ । जिल्लामा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १५५ जना पुगेको हो । कोरोनाा संक्रमणबाट आज हेटौंडा उपमहानगरपालिकाका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय जनाएको छ ।
